पारामा नेपाललाई कास्य पदक « Khabarhub

पारामा नेपाललाई कास्य पदक


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टर्कीको एन्टाल्यामा आयोजना भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी विक्रम श्रेष्ठले कांस्य पदक जितेका छन् ।

बुधबार पी–३२ एकल पुम्सेमा प्रतिस्पर्धा गरेका विक्रम सेमिफाइनलमा रुसका एन्ड्रेई ग्राभोस्कीसँग २०–७ अंकले पराजित हुँदै कांस्यमा सीमित भएका हुन् ।

पहिलो खेलमा बाई पाएका विक्रमले त्यसपछि भएको भिडन्तमा मोरक्कोका विलाल खट्टावीलाई ६–५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

च्याम्पियनसिपको यू–३० स्पर्धामा रुसका एन्ड्रेई ग्राभोस्किट पहिलो, क्रोएसियाका दामाजोव भुसिस दोस्रो, नेपालका विक्रम श्रेष्ठ र इटालीका रिकार्डो जिम्मरम्यान संयुक्त रुपमा तेस्रो भएका थिए ।

पारा पुम्सेमा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । विक्रमले पहिलो सहभागितामै कांस्य पदक जितेका हुन् ।

ग्यारोगीतर्फ नेपालकी पलेसा गोवद्र्धनले ब्राजिलकी डेबोरा मेनेजेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । उनले के–४४ क्याटगोरीको ४९ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन् ।

च्याम्पियनसिपमा ६९ राष्ट्रका ४ सय २५ खेलाडी सहभागी भएको प्रशिक्षक लामाले जानकारी दिए । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालिन ओलम्पिकको छनोटका रुपमा वल्र्ड च्याम्पियनसिपलाई हेरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ५० बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै