पत्रकार आक्रमणका दोषी पक्राउ गर्न पाकिस्तानलाई अमेरिकाको दबाब « Khabarhub

पत्रकार आक्रमणका दोषी पक्राउ गर्न पाकिस्तानलाई अमेरिकाको दबाब


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन- पाकिस्तानमा वरिष्ठ पत्रकार अब्सर आलममाथि आक्रमण गर्ने दोषी पक्राउ गर्न अमेरिकाले पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले प्रेस स्वतन्त्रता र पत्रकारहरुको संरक्षण महत्वपूर्ण बिषय रहेको भन्दै पत्रकार आलममाथि आक्रमण गर्ने दोषी पत्ता लगाउन पाकिस्तान सरकारलाई आग्रह गरेको हो ।

पत्रकार आलमलाई इस्लामाबादस्थित आफ्नो निवास नजिकै पार्कमा गोली हानी हत्याको प्रयास भएको थियो । अमेरिकी विदेश मन्त्रालयले ट्वीट मार्फत वरिष्ठ पत्रकार आलमको सुस्वास्थ्यको कामना गर्दै दोषी पक्राउ गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

घटनाको पाकिस्तान मानव अधिकार आयोगले पनि निन्दा गरेको छ । आक्रमणकारीले पेटमा गोली हानी हत्या प्रयास गरेको पत्रकार आलमले भिडियो सन्देशमार्फत बताएका छन् ।

पाकिस्तानमा सेनाको आलोचना गरेको आरोपमा पाकिस्तान बिद्युतीय  अपराध ऐन २०१६ अन्तर्गत पत्रकार र मिडियाहरुमाथि कारबाही हुने गर्दछ ।

स्रोत : फाइनान्स 

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ३० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६