निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ पक्राउ परेका छन् ।

निषेधाज्ञाको उल्लंघन गर्दै दिउँसोको समयमा डिपार्टमेन्ट स्टोर खोलेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङलाई पक्राउ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका क्रममा पुग्दा दिउँसो पनि डिपार्टमेन्ट स्टोर खुला राखेको भेटेको थियो ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि सहायक प्रजिअको टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ०३ बजे

फ्रान्ससहित थप ६ मुलुकले प्यालेस्टाइनलाई दिए मान्यता, राष्ट्रसंघीय महासचिवले भने- यो अधिकार हो

न्यूयोर्क- इजरायलले गाजामा भीषण आक्रमण जारी राखिरहेको बेला फ्रान्स, अन्डोरा,

जेन-जीका नाममा कांग्रेस नेताको घरमा आगो लगाउँदा जलेकी महिलाको मृत्यु

काठमाडौँ- गत भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका

पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा

झापा– १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा दसैँलाई

महाराजगन्ज प्रहरी वृत्तको मर्मत सम्भार गरिँदै तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा भदौ २४ काठमाडौंको महाराजगन्जस्थित प्रहरी वृत्त

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

काठमाडौं– एनएमबि बैंक लिमिटेडले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु