सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको चेतावनी « Khabarhub

सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको चेतावनी


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने कार्य नरोकिएको जनाउँदै त्यस्ता गतिविधि नगर्न/नगराउन सचेत गराएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्नेलाई विद्युतिय कारोवार ऐन, २०६२ अन्तर्गत कारबाही हुने चेतावनी दिएको हो ।

‘कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌ । हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५