साल्ट ट्रेडिङको छुट बिहान मात्र | Khabarhub Khabarhub

साल्ट ट्रेडिङको छुट बिहान मात्र


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।

छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने जानकारी गराइन्छ,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट दिने बताएका थिए । दुई कम्पनीको बिक्री काउन्टरबाट मात्र खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशत छुट कार्यान्वयन भएको भन्दै विभिन्न आलोचना समेत हुन थालेको थियो ।

साल्ट ट्रेनिङ कर्पोरेशनले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिएको थियो । कम्पनीले दुई किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ ।

छुटपछि अब पिठोको मूल्य रु ४४, चिनीको मूल्य रु ६३, नून रु १६, तेल प्रतिलिटर रु १८८ र ग्यास प्रतिसिलिण्डर रु एक हजार १२० मा बिक्री गरिएको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।–रासस

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  २ : ४० बजे

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि