प्रहरीमाथि आक्रमण गरेको आरोपमा पाँच जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीमाथि आक्रमण गरेको आरोपमा पाँच जना पक्राउ


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- चौकीमा पुगेर प्रहरीलाई आक्रमण गरेको आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीभित्रै गएर प्रहरीमाथि आक्रमण गरेको आरोपमा ५ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय रेगन लिम्बू रहेका छन् ।

गत जेठ १३ गते १० जनाको समूहसहित उनीहरुले प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गरि फरार भएको आरोप छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका–५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी–४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : २५ बजे

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि