भरुवा बन्दुकसहित एक जना मृत फेला « Khabarhub

भरुवा बन्दुकसहित एक जना मृत फेला


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् ।

खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते उनी मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ ।

मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ४५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी