काठमाडौँ महानगरमा दुई दिनमा १८ हजारभन्दा बढीले लगाए खोप « Khabarhub

काठमाडौँ महानगरमा दुई दिनमा १८ हजारभन्दा बढीले लगाए खोप


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगर पालिका क्षेत्रमा जारी कोरोनाविरूद्धको खोप अभियानमा दुई दिनमा १८ हजारभन्दा धेरैले खोप लगाएका छन् ।

चीनबाट अनुदानमा भेरोसेल खोप प्राप्त भएपछि महानगरका ३२ स्थानमा जारी खोप अभियानमा ६० देखि ६४ बर्ष उमेरसमूहका १८ हजार १ १३ जना सहभागी भएका छन् ।

पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

खोप अभियानको पहिलो दिन  ८ हजार ७ सय ४७  सहभागी भएकामा दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए ।  दोस्रो दिन ४ हजार ८  सय  ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको उनले बताए ।

महानगरपालिकाले पाँच दिनमा १ लाखभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : ५९ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना