जनमोर्चाका प्रदेश सांसद थापाको पुनर्बहाली खारेजीको मुद्दामा सुनुवाइ हुँदै | Khabarhub Khabarhub

जनमोर्चाका प्रदेश सांसद थापाको पुनर्बहाली खारेजीको मुद्दामा सुनुवाइ हुँदै


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भएको मुद्दामा आज  सुनुवाइ हुँदैछ ।

थापाको पनुर्वहालीविरूद्ध परेको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय कुमार चुडाल र सपना प्रधान मल्लको बेञ्चमा परेको छ ।

गत मंगलवार सर्वोच्च अदालतमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै भ्याकेटको निवेदन दिएका थिए ।

अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग भ्याकेटका निवेदन परेका छन् ।

थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ४६ बजे

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली