एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ « Khabarhub

एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बुधबार राति बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

अहिले घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ३५ बजे

फेरि बज्न थाल्यो वाम एकताको धुन, ओली–प्रचण्डले नेतृत्व छोड्नुपर्ने सर्त

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

सिरहा– शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले

इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

एजेन्सी– इरानले सोमबारदेखि देशको उत्तरपूर्वी मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको