मन्त्रिपरिषद विस्तार, खगराज अधिकारी बने गृहमन्त्री « Khabarhub

मन्त्रिपरिषद विस्तार, खगराज अधिकारी बने गृहमन्त्री


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् ।

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थपेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, बाणिज्य तथा आपूर्ति, बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि माओवादी केन्द्र परित्याग गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास र नारदमुनि रानालाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ ।

अब ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ ।

को को बने मन्त्री

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ४९ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना