श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने « Khabarhub

श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन् ।

यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिए । उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि उनले सो कार्यक्रममा बताएका थिए ।

उनले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको उनले जानकारी दिए । वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उनले बताए ।

श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताए । उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए । श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ३ : ३४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना