‘गुण्डा नाइके’ लामा पोखराबाट पक्राउ « Khabarhub

‘गुण्डा नाइके’ लामा पोखराबाट पक्राउ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– ‘गुण्डा नाइके’ भनेर चिनिने गणेश लामालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

गण्डकी प्रदेशको पछिल्लो राजनीतिक गर्मागर्मीका बेला लामा काठमाडौंबाट पोखरा आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराको लेकसाइडबाट विहीबार दिउँसो पक्राउ गरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा काठमाडौंबाट पोखरा कसरी आइपुगेको भन्ने सोधपुछका लागि पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए ।

‘अरु कुनै कारणले पक्राउ गरिएको होइन’, एसपी श्रेष्ठले भने, ‘निषेधाज्ञाको बेला पोखरा आएकोबारेमा सोधपुछकै लागि पक्राउ गरिएको हो ।’ दिउँसो पोखरास्थित लेकसाइडको खहरेस्थित एक होटलबाट पक्राउ गरिएको लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको पनि एसपी श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाको आठौं अधिवेशनमा विहीबार नै विश्वासको मत लिने कार्यक्रम थियो ।

आफ्नो पक्षमा पार्न यसअघि नै खेलकुद मन्त्री बनाइएका राजीव गुरुङ (दीपक मनाङे) ले बुधबार मात्रै नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका थिए ।

तर उनी विहीबारको प्रदेशसभाको बैठकमै उपस्थित भएनन् । प्रदेशसभा बैठकमा अनुपस्थित रहेका मनाङे पनि विहीबार दिनभरी नै लेकसाइडको खहरेस्थित एक रिसोर्टमा थिए ।

मनाङबाट स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका मनाङे लगत्तै साविकको नेकपामा प्रवेश गरेका थिए । अहिले मन्त्री बनाइएसँगै सत्तारुढ एमाले निकट देखिएका मनाङेले एक्कासी बहुमत पुर्याउन सक्ने पक्षलाई मत दिने बताएका थिए ।

लेकसाइडको खहरेबाट लामा पक्राउ पर्नु र मन्त्री मनाङे दिनभर खहरेमा नै भेटिनु संयोग मात्रै नभएको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ४० बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन