काठमाडौँमा भेरोसेल खोप लगाउने काम स्थगित « Khabarhub

काठमाडौँमा भेरोसेल खोप लगाउने काम स्थगित


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ ।

महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जनाएको छ ।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरेको सूचनामा सूचनामा स्वास्थ्य सेवा विभागलाई उदृत गर्दै भनिएको छ, ‘जिल्लाका लागि छुट्याइएको संख्या सकिएको छ ।’

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० — ६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव ट्रेनिङमा रहेका नर्सिङ् र प्यारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको थियो ।

तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ ।

भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिहरु छुट्नेछन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : १२ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन