क्रेनमा करेन्ट लाग्दा २ को मृत्यु « Khabarhub

क्रेनमा करेन्ट लाग्दा २ को मृत्यु


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोलुखुम्बुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको हो ।

आज बिहान सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँदा घटनास्थलमै २ जनाको मुत्यू भएको हो । २ जना घाईते भएका छन् । मृत्यू हुनेमा गाडी चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ वर्षीय राम परियार रहेका छन् ।

ग. १ ज. ५१७३ नम्बरको गाडीमा सवार अन्य २ जना घाईतेको उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवीत कटुवालले जानकारी दिए ।

८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईमा छुँदा दुर्घटना भएको हो । अहिले उक्त सडक मार्गको जाम खुलाउन प्रयत्न भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : ०५ बजे

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको