गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान « Khabarhub

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।

प्रदेशसभाको आजको पत्रबाट सो जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई आव्हन गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रयोजनका लागि शनिबार अपराह्न ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाका सदस्यलाई दावी गर्न आह्वान गरिएको हो ।

जारी विज्ञप्तिमा अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखले तोकेको जनाइएको छ । साठी प्रदेशसभासद् रहेको गण्डकीमा बिहीबार भएको विश्वासको मत प्रस्तावमा गुरुङले २ र विपक्षमा ३० मत परेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ३ : ४३ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही