निर्माणाधीन माछापोखरीले लियो पाँच बालिकाको ज्यान « Khabarhub

निर्माणाधीन माछापोखरीले लियो पाँच बालिकाको ज्यान


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको मुखियापट्टि, मुसहर्निया-६ लक्ष्मीनियाँका हुलास यादवले धान खेतीबाट आम्दानी कम र खर्च बढी हुन थालेपछि वैकल्पिक खेतीका लागि माछा पालन व्यवसाय गर्ने मनशाय बनाए ।

थोरै जनशक्तिबाट व्यवसाय गर्न सहज हुने ठानेर उनी माछापालनका लागि पूर्वाधार निर्माणमा जुटे । एक सातअघि उनले करिव दश कठ्ठा जमिनमा पोखरी निर्माणको काम शुरु गरेका थिए ।

ठेकेदार लगाएर उनले माछा पोखरी निर्माणका लागि समथर खेतमा करिव ९ फिट गहिरो खाल्डो खन्न लगाए । काम जारी रहेकै बेला वर्षा हुन थालेपछि निर्माणको काम अवरुद्ध भयो । ठेकेदारले वर्षा रोकिएपछि केही दिनपछि काम गर्ने कुरा यादवलाई जानकारी गराएका थिए ।

एक साताअघि तीन दिन लगातार वर्षा हुँदा निर्माणाधीन उक्त माछा पोखरी पानीले टम्म भरियो ।

शुक्रबार लक्ष्मीनियाँका पाँच बालिका त्यही ठाउँका पुगेका थिए । उनीहरु कोही घाँस काट्न त कोही बाख्रा चराउन गएको वडाध्यक्ष धमेन्द्र यादवले बताए ।

पोखरीमा पानी टम्म भरिएको देखेपछि गर्मी छल्न पौडी खेल्ने क्रममा उनीहरुको डुबेर ज्यान गएको वडाध्यक्ष यादवले बताए ।

ज्यान गुमाउनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : ५६ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका