श्रमिकलाई चर्को घाममा काममा लगाउने कतारका ४४ कम्पनी कारबाहीमा « Khabarhub

श्रमिकलाई चर्को घाममा काममा लगाउने कतारका ४४ कम्पनी कारबाहीमा


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- चर्को घाममा श्रमिकलाई काम लगाउने कतारका थप ४४ कम्पनी कारबाहीमा परेका छन् ।

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ४४ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।

मन्त्रालयले जुन ४ देखि ९ तारिखसम्म निरीक्षण गर्दा ती कम्पनीहरु कारबाहीमा परेको जनाएको छ । यसअघि पनि मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गर्दा ५४ वटा कम्पनीहरु कारबाहीमा परिसकेका छन् ।

योसंगै घाममा काम लगाउने ९८ वटा कम्पनीहरु कारबाहीमा परिसकेको मन्त्रालयले जनाएको छ । कतारमा खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा यसघि नै तोकेको थियो ।

खुल्ला कार्यक्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखि अपराह्‍न ३ बजे सम्मका अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।

साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनुपर्ने छ।

गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : २५ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका