भारतबाट फर्किएकालाई सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’ | Khabarhub Khabarhub

भारतबाट फर्किएकालाई सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

तीन साताको अवधिमै केद्रले तीन हजार ५०० जनालाई खाजा खुवाएको छ । भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पुर्‍याइएपछि खाजा खुवाइने गरिएको छ । खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ ।

खाजा वितरणका लागि चार कर्मचारीलाई बिहान ६ बजेदेखि दिउँसोसम्म खटाइने गरिएको छ । “कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ”, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भने, “त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ ।”

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए । अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन । घर फर्र्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताए ।

डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  २ : ०० बजे

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल,

‘कुलिङ अफ पिरियड’ को विरोध गर्ने होइन, व्यवस्थित बनाऊँ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज