३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार « Khabarhub

३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ।

आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एकैदिन कारोबार यो रकम हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ।

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटामा हरियाली छाएको छ । आज विकास बैंक समूह सर्वाधिक ८.२४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ७.१४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहमा ६.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत र बैंकिङ समूहमा ०.४२ प्रतिशत बढेको छ ।

यो दिन व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूहमा ०.१५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०११ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : १६ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं