रुपन्देहीमा मुलुककै पहिलो लिक्विड अक्सिजन प्लाण्ट निर्माण शुरु « Khabarhub

रुपन्देहीमा मुलुककै पहिलो लिक्विड अक्सिजन प्लाण्ट निर्माण शुरु



बुटवल– नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य रुपन्देहीमा शुरु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर-४, सेमरहवामा शंकर अक्सिजन ग्याँस उद्योग प्रालीले १ अर्बको लागतमा लिक्विड अक्सिजन प्लान्ट स्थापनाको काम शुरु गरेको हो ।

कोरोना संक्रमितहरुका लागि अक्सिजनको हाहाकार भएकोले सो अभाव पूर्ति गर्न लिक्विड अक्सिजन प्लान्ट निर्माणको काम शुरु गरिएको सञ्चालकको भनाइ छ ।

उद्योगका सञ्चालक एवम प्रबन्ध निर्देशक शंकर अग्रवालले १ अर्बको लगानीमा उद्योग सञ्चालन गर्ने र करिब १ वर्षमा निर्माण सम्पन्न गरी बजारमा पठाउने लक्ष्य राखिएको बताए ।

प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र १ टन नाईट्रोजन ग्यास प्रति दिन उत्पादन गर्न सकिने जनाइएको छ । यसले नेपालमा अक्सिजनको अभाव धेरै हदसम्म कम गर्ने सञ्चालकको अपेक्षा छ ।

लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकोले सामान्य अक्सिजन ग्यास भन्दा यो ग्यासको मूल्य कम पर्ने उद्योगका प्रबन्धक शम्भु भण्डारीले बताए ।

उद्योगको शिलान्यस एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुवल रुपमा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिलेसम्म भएको अक्सिजन अभाव अब कम हुने बताए ।

उनले अहिलेसम्म सिलिण्डर, लिक्विड अक्सिजन भारतबाट आयात गरिरहनु परेको अवस्थामा अबका दिनमा यो समस्या हटेर जाने बताए ।

प्रधानमन्त्रीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्यागीलाई पनि अवसर प्रदान गर्ने दावी गरे । सरकारले यस अघि नै घोषणा गरेको लिक्विड अक्सिजन प्लान्ट स्थापनामा दिइने सहुलियत प्रदान गरिने उनले जानकारी दिए ।

यस्तै कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको विषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरुको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको बताए ।

शिलान्यास कार्यक्रम अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्योगको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ७ : २६ बजे

झुटा सूचनाले समाजमा गम्भीर समस्या : उपाध्यक्ष पौडेल

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका

वरिष्ठ रुसी सैन्य अधिकारीमाथि गोली प्रहार

काठमाडौं- एक जना रुसी वरिष्ठ सैन्य अधिकारीमाथि गोली प्रहार भएको

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ