नयाँ शैक्षिक सत्रको तयारी गर्दै काठमाडौँ महानगरपालिकाका विद्यालयहरू | Khabarhub Khabarhub

नयाँ शैक्षिक सत्रको तयारी गर्दै काठमाडौँ महानगरपालिकाका विद्यालयहरू


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका विद्यालयमा भोलि (असार १ गते) देखि नयाँ शैक्षिक शुरू हुँदैछ ।

देशभरका अधिकांश विद्यालयहरू विद्यालय तहको वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको तयारीमा जुटेका छन् ।

अन्य जिल्ला, गाउँपालिका, नगरपालिका जस्तै काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूले पनि नयाँ शैक्षिक सत्रको तयारी थालेका छन् ।

महानगरभित्रका कुनै विद्यालय असार १ बाट नै पढाइ शुरू गर्ने तयारीमा छन् भने केही विद्यालय असारको पहिलो साताभित्र नयाँ कक्षा सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

काठमाडौँ, बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले भोलि नै नयाँ शैक्षिक सत्रको पढाई शुरू गर्ने तयारी गरेको छ ।

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू गर्न सरकारको निर्देशनअनुसार भोलि अनलाइन माध्यमबाट पढाई शुरू गर्ने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले बताए ।

अनलाइन माध्यमबाट विद्यार्थी भर्नाको काम भइसकेकाले भोलि पढाई शुरू गर्ने तयारी भएको उनको भनाइ छ ।
अघिल्लो वर्ष दैनिक चार घण्टा अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउँदै आएको ज्ञानोदय माविले अब भने अनलाइन माध्यमबाट दिनभर नै पढाउने तयारी गरेको छ ।

प्रधानाध्यापक महर्जनका अनुसार, नयाँ शैक्षिक सत्रमा भने पुरै विषयको पढाइ हुनेछ । विद्यार्थीले भौतिक उपस्थितिमा दैनिक पढ्ने सबै विषय अब अनलाइन कक्षाबाट नै पढाउने तयारी विद्यालयले गरेको छ । हरेक कक्षाको सेक्सन अनुसार पढाई हुने उनले बताए ।

त्यस्तै, त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयले पनि नयाँ शैक्षिक सत्रको लागि भोलि विद्यार्थीको नाम दर्ता गर्ने तयारी गरिरहेको छ ।

विद्यालय नजिक भएका विद्यार्थीलाई भोलि नाम दर्ता गराएर किताब दिने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताए । विद्यालय आउन नसक्ने, उपत्यकाभन्दा बाहिर रहेका विद्यार्थीको नाम अनलाइनमार्फत दर्ता हुने र आफन्त आएर किताब लिनसक्ने उनले बताए ।

प्रधानाध्यापक कडेलका अनुसार नयाँ शैक्षिक सत्रको पढाई भने असार ३ गते शुरू हुनेछ ।

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले भने असारको पहिलो साता नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माले अघिल्लो वर्षको जस्तै तालिका बनाएर अनलाइन माध्यमबाट असार ७ मा पढाइ शुरू गर्ने बताए ।

उनका अनुसार विद्यार्थी भर्नाको लागि विद्यालयले गत जेठ २० गतेदेखि अनलाइन भर्ना खुल्ला गरिसकेको छ ।
असार महिनाभर अनलाइन कक्षामा विद्यार्थीको उपस्थितिलाई हरेर दैनिक ४ घण्टासम्म पढाउने तयारी भइरेको प्रधानाध्यापक शर्माले बताए ।

साउनपछि पनि अनलाइन माध्यमबाट नै पढाइअघि बढाउनुपर्ने अवस्था आएको खण्डमा दैनिक आठ वटा विषयको नै पढाई गर्ने उनले बताए ।

त्यस्तै, प्रर्दशनी मार्गमा रहेका पद्मोदय माध्यमिक विद्यालय र नक्सालमा रहेका नन्दिरात्री माध्यमिक विद्यालयले पनि अनलाइन माध्यमबाट पढाई शुरू गर्ने तयारी गरेका छन् ।

विद्यार्थीलाई पुस्तक वितरणमा समस्या

कोरोना महामारीका कारण विद्यार्थीलाई पुस्तक वितरणमा समस्या देखिएको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।

ज्ञानोदयमा माविका प्रधानाध्यापक महर्जनले कोरोना महामारीका कारण विद्यार्थी जिल्ला बाहिर भएकाले वितरणमा समस्या देखिएको बताए ।

नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा किताब आइसकेको भए पनि महामारीका कारण विद्यार्थीहरू विद्यालयमा आउन सक्ने अवस्था नरहेकाले किताब वितरणमा समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘विद्यालय नजिक भएका विद्यार्थीलाई भने किताब लिन आउनू भनेका छौँ ।’

विद्यालयमा किताब लिन आउन नसक्ने विद्यार्थीलाई अहिले पाठ्यक्रम विकास केन्द्रको वेब साइटमा रहेको सफ्ट कपी डाउनलोड गरेर अध्ययन गर्न आग्रह गरिएको विश्व निकेतन माविका प्रधानाध्यापक कडेलले बताए । विद्यालय आउन सक्ने अवस्था सिर्जना भएपछि उनीहरुलाई किताब दिइने उनले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १ : २५ बजे

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण, पार्किङका गाडीमा आगजनी

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र

सेनाले किन साथ दिएन ओली सरकारलाई ?

काठमाडौं– जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत,

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू