राउटे समुदायलाई सिँधै राहत दिन रोक « Khabarhub

राउटे समुदायलाई सिँधै राहत दिन रोक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब राउटे समुदायलाई सिँधै राहत दिन नपाईने भएको छ । राहतका नाममा राउटे बस्तीमा छिर्नेहरूबाट उनीहरूमाथि दुर्व्यवहारका घटना बढेकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतले सिँधै राहत वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले केहीदिन अघि मात्र राउटे समुदायका दुई युवतीमाथि भएको दुर्व्यवहारको घटना र सम्वेदनशीलतालाई दृष्टिगत गरी राहत वितरण कार्यलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको हो ।

विभिन्न बहानामा बाहिरी मानिसहरू राउटे वस्तीमा जाने र फोटो, भिडियो खिच्ने गर्दा उक्त समुदायका युवतीमाथि दुर्व्यवहारका घटना बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय सिँधै राहत वितरणमा रोक लगाएको हो ।

दाताहरूबाट प्राप्त हुने सबै प्रकारका नगदी तथा जिन्सी कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले मौज्दात गरी सोको व्यवस्थित अभिलेख राख्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गत २४ गते बसेको बैठकको निर्णयबाट गठित सहजिकरण समितिले राउटे समुदायको लागि आवश्यक पर्ने सामाग्री आंकलन गरी मौज्दातबाट उपलब्ध गराउने निर्णय गरिएको छ ।

दाताहरू आफैँ उपस्थित भई राहत वितरण गर्न चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहवरमा मात्र वस्ती नजिक गई राउटे समुदायको प्रतिनिधि (मुखिया) लाई उपलब्ध गराउने सक्ने छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : ४६ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६