महिला भलिबल टिमको बन्द प्रशिक्षण : यस्तो रह्यो पहिलो दिन (फोटोफिचर) | Khabarhub Khabarhub

महिला भलिबल टिमको बन्द प्रशिक्षण : यस्तो रह्यो पहिलो दिन (फोटोफिचर)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि शुरू भएको छ ।

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारदेखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा बन्द प्रशिक्षण शुर‍ू गरेको हो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

नेपाल भलिबल संघ (एनभीए) ले कोरोना महामारीलाई मध्येनजर गर्दै बन्द प्रशिक्षण सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर शुरू गरिएको जनाएको छ । यस अघि जेठ २१ गतेबाट शुरू गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौँ आईनपुग्दा संघले प्रशिक्षण केही समयका लागि स्थगित गरेको थियो ।

संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरेको छ । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले बन्द प्रशिक्षणबाट राम्रो टिम बन्ने विश्वास व्यक्त गरिन् । डेढ महिनाको आरामपछि प्रशिक्षण शुरू भएको र आफूहरू उत्कृष्ट प्रदर्शनका लागि थप मेहनत गर्ने बताइन् ।

त्यस्तै खेलाडी प्रतिभा मालीले एसियन सिनियर महिला भलिबल खेल्न उत्साहित रहेको बताइन् ।

बन्द प्रशिक्षणका लागि संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो ।

जसमा पाँच वैकल्पिक खेलाडी समेत राखिएको छ । संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १५ बजे

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा