शेयर बजारमा ३.७२ अंकको गिरावट, साढे १६ अर्बको कारोबार « Khabarhub

शेयर बजारमा ३.७२ अंकको गिरावट, साढे १६ अर्बको कारोबार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार कीर्तिमान बनाएको शेयर बजारमा मंगलबार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३.७२ अंकले ओरालो लागेको हो ।

क वर्गंका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव २५ अंकले हरियो छ । आजको कारोबारमा २ सय २६ कम्पनी सामेल भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार ती कम्पनीको आज ३ करोड ९ लाख ४८ हजारभन्दा धेरै कित्ता सेयर बिक्री भएको छ ।

दिनभरीमा एक लाख ६४ हजार ७ सय ९० पटकको किनबेचमा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपैयाँको सेयर कारोबार भएको हो ।

आज १३ मध्ये लगानी, म्युचुअल फन्ड, अन्य, उत्पादन र होटल तथा पर्यटन समूहको सूचक बढे पनि बाँकी समूहको घटेको छ ।

आजको कारोबारमा तीनवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन् । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले क्रमशः ६०, २७ र ३६ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ३० बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं