निशालाई प्राप्त आर्थिक सहयोग थेरापीमा खर्च गरिने | Khabarhub Khabarhub

निशालाई प्राप्त आर्थिक सहयोग थेरापीमा खर्च गरिने


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई विभिन्न दाताबाट प्राप्त भईरहेको आर्थिक सहयोग उनी डिस्चार्ज भएपछि हुने थेरापीमा खर्च गरिने भएको छ ।

निशाकी आमा गोमाका अनुसार अस्पताल भर्ना भएपछि प्राप्त आर्थिक सहयोगलाई थेरापी तथा अन्य उपचारमा खर्च गरिनेछ । नेपाल चलचित्र निर्देशक समाजको पहलमा अमेरिकामा बस्दै आएका फिल्मकर्मीहरुबाट प्राप्त ५१ हजार रुपैंयाँ मंगलबार बुझ्दै गोमाले उक्त जानकारी दिएकी हुन् ।

निशाको उपचारमा अमेरिकामा रहेका सुमन दाहालबाट ५० डलर, अशोक श्रेष्ठबाट ५५ डलर, किशोर सुब्बाबाट ५१ डलर, गोपाल चन्द्र लामिछानेबाट ५१ डलर, अक्की शर्माबाट ५१ डलर, पवन गौतमबाट ५१ डलर, अनिल संग्रौलाबाट ५१ डलर, दिनेश कार्कीबाट एकाउन्न डलर गरि जम्मा ४ सय ११ डलर र नेपालबाट चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट गरेर ५१ हजार १ सय रुपैयाँ निशाको निवास ललितपुर बुङमती पुगेर गोमालाई हस्तान्तरण गरिएको थियो ।

उक्त नगद चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देवेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटाले हस्तान्तरण गरेका थिए ।

तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा परेकी घिमिरेको उपचारमा हालसम्म झण्डै ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको छ । उनको नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी र नवजीवन परोपकार समाजको सक्रियतामा घरबाट उद्धार गरी निःशुल्क उपचार भइरहेको छ । निशाका पिता प्रेम घिमिरेका अनुसार निशाको स्वास्थ्यमा सुधार भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ४५ बजे

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बदनाम भयो : प्रदेश सभामुख बिष्ट

उदयपुर– कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२