चीनसँग सम्बन्धित ह्याकरले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको खुलासा « Khabarhub

चीनसँग सम्बन्धित ह्याकरले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको खुलासा


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनसँग सम्बन्ध रहेका ह्याकरहरूले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको बताइएको छ ।

ह्याकरहरूले भीपीएन् (भर्चुअल प्राईभेट नेठवर्क)को कमजोर प्रणाली प्रयोग गरी अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चीनसँग सम्बन्ध रहेका कम्तिमा दुई समुहहरूले भीपीएन प्रयोग गरी अमेरिकी रक्षा क्षेत्रमा आक्रमण गर्न महीनौसम्म तयारी गरेको बताइएको छ ।
अमेरिकी यूटा राज्यमा रहेको आईटी कम्पनी इभान्टीको भीपीएन पल्स कनेक्ट सेक्युरको कमजोरी प्रणालीलाई ह्याकरहरूले प्रयोग गरेको पाइएको कम्पनीले जनाएको छ ।

यस्तो जासुसी अभियानमा को जिम्वेवार रहने भन्ने बारे इभान्टी कम्पनीले केही बताएको छैन । तर, साइबर सुरक्षा कम्पनी फायरआईले ह्याकरहरूको एक समुह भने चिनियाँ सरकारको प्रायोजनमा परिचालित रहेको आशंका व्याक्त गरेको छ ।

ह्याकरहरू कुन मुलुकसँग आबद्ध छन भन्ने कुरा निर्क्योल गर्न सहज नभए पनि उनीहरूले प्रयोग गर्ने युक्ति, पूर्वाधार, साधन तथा लक्षित क्षेत्र अध्ययन गर्दा चीनसँग सम्बन्धित देखाएको फायरआइले जनाएको छ ।

फायरआइ कम्पनीको आरोप गलत मनसाय र गैरजिम्मेवार रहेको भन्दै चिनियाँ दूतावासका प्रवक्ता लीउ पेन्ग्युले आरोपको खण्डन गरेका छन् ।

ह्याकरहरूले बिशेषगरि अमेरिकी रक्षा क्षेत्र साथै संसारभरि रक्षा, सरकार तथा वित्तिय क्षेत्रहरूलाई लक्षित गरेको फायरआइले बताएको छ । स्रोत : रोयटर्स

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : १५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक