‘सामाजिक अभियन्ता’को दबाबमा सरुवा भएका असई मणिकान्त फेरि महाराजगञ्जमा | Khabarhub Khabarhub

‘सामाजिक अभियन्ता’को दबाबमा सरुवा भएका असई मणिकान्त फेरि महाराजगञ्जमा


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘सामाजिक अभियन्ता’ भन्नेहरुको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ ।

आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै दुर्व्यवहार खेपे लगत्तै सरुवा गरिएका असई मणिकान्तलाई फेरि महाराजगञ्जमै फिर्ता गरिएको हो ।

मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानामा तानिएको थियो । काज फिर्ता भएपछि उनी बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन् ।

के थियो घटना ?

गत जेठ ११ गते ड्युटीमा खटिएका मणिकान्तसहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेर नियमअनुसार होल्ड गराएका थिए।

सामान्य विवाद भएपछि उनीहरुले असई मणिकान्तले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि  उनकै कार्यालय महाराजगञ्ज पुगेका संग्रौलासहितको टोलीले असई झामाथि दुर्व्यवहार गर्दै सञ्चारकर्मीसमेत बोलाएर भिडियो खिच्न लगाएका थिए ।

उक्त भिडियो केही दिनअघि ‘भाइरल’ भयो । भिडियोमा देखिएअनुसार संग्रौलासहितको टोलीले ‘झा‘ मधेशी‘ अब मधेशतिरै गएर खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन‘ जस्ता नश्लीय शब्दसहित दुर्व्यवहार गरेका थिए।

यतिमात्र होइन भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो ? नाम सुनेको छ ? प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि । तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला । म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असईलई धम्क्याएको देखिन्छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ०५ बजे

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र