डब्बुको ‘अँधेरीमा थिएँ’मा वियोगान्त प्रेम « Khabarhub

डब्बुको ‘अँधेरीमा थिएँ’मा वियोगान्त प्रेम


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार तथा गीतकार डब्बु क्षत्रीको नयाँ गजल ‘अँधेरीमा थिएँ म’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुवर्ण कुमार, सरिता भारती, र दीपा कोइरालाको स्वर तथा सुवर्णकै संगीत र संगीत संयोजन छ ।

ओएसआर मुभीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरको अभिनय छ । आफूले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि युवतीले आत्महत्या गरेको कथालाई भिडियोमा देखाइएको छ ।

डब्बुकै निर्देशन रहेको भिडियोमा रामशरण उप्रेतीको छायांकन र सुरेशकुमार राउतको सम्पादन छ ।

भिडियोमा दिलमाया मगरको ड्रेस डिजाइन, दीपक लामगादेको सेट डिजाइन, श्याम बरालको श्रृंगार छ ।

जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १० : ४० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा