निशाको सहयोगार्थ संगीतकर्मीको समिति « Khabarhub

निशाको सहयोगार्थ संगीतकर्मीको समिति


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय संगीतकर्मी संघ नेपालले नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग जुटाउन समिति गठन गरेको छ । निशा संघकी सदस्य हुन् ।

संघको एक टोलीले बिहीबार अस्पताल पुगेर उनका पिता प्रेम घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्दै समिति गठन गरिएको जानकारी दिएको हो ।

संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रमजंग शाहसहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकार अस्पताल पुगेका थिए ।

संघका महासचिव शाहले निशाको उपचारको खर्च संकलनका लागि आफुहरुले पहल सुरु गरेको बताए । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा विगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको उनले बताए ।

‘७४ जिल्लामा हाम्रो शाखा रहेका छन् । जहाँ ४ हजार बढी सदस्य छन् । ती शाखाहरुबाट के कति सकिन्छ र निशाको उपचारका क्रममा परिवारलाई परेको ऋणभारलाई कम गर्न आर्थिक संकलन पहल सुरु गरेका हौं’, महासचिव शाहले भने ।

उनका अनुसार दुई वर्ष अघि पनि निशालाई ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ४० बजे

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ