ग्लोबल एनआरएन सिंगिङ आइडलको ग्राण्ड फिनाले सेप्टेम्बर १७ मा | Khabarhub Khabarhub

ग्लोबल एनआरएन सिंगिङ आइडलको ग्राण्ड फिनाले सेप्टेम्बर १७ मा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को ग्राण्ड फिनाले सेप्टेम्बर १७ तारिखमा हुने भएको छ।

विभागले भर्चुअल पत्रकार सम्मेलनमार्फत आइडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर १७ तारिखमा गर्ने जनाएको हो।

कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर एनआरएनए मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले जानकारी दिए ।

यस्तो छ परिमार्जित कार्यक्रम

एनआरएन आइडलको ओपनिङ राउण्ड ३ चरणमा विभाजन गरिएको छ। जसअन्तरगत अन्तरा राउण्ड सन् २०१२ को जुन २५ मा हुने छ।
‘यस राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन्, यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात अन्तरा राउण्डबाट १८ जना प्रतियोगीहरू बाहिरिनेछन्,’ रेग्मीले भने, ‘बाँकी ४० जना प्रतियोगिहरूले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउनेछन्’

सारेगम राउण्ड जुलाई २ मा हुने छ। यस राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन्। रेग्मीका अनुसार यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात सारेगम राउण्डबाट १० जना प्रतियोगीहरू बाहिरिने छन्। बाँकी ३० जना प्रतियोगीहरूले पियानो राउण्डमा प्रवेश पाउने उनले बताए।

पियानो राउण्ड जुलाई ९ मा हुनेछ। यस राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन्। पियानो राउण्डमा कुनै पनि प्रतियोगीहरूले प्रस्तुति दिनुपर्ने छैन। ‘प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ,’ उनले भने।

गाला राउण्डलाई ३ चरणमा बाँडिने एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले बताए। प्रथम गाला राउण्ड अगस्ट ६ मा हुने छ।

‘यस राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगीमध्ये प्रथम गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ संयोजक गुरुङले भने।

दोस्रो गाला राउण्ड १३ अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगीमध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने गुरुङले बताए। ‘बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ उनले भने।

तेस्रो गाला राउण्ड २० अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगीमध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने आयोजकले बताए। ‘बाँकी १५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन्,’ गुरुङले भने।

सेमी फिनाले राउण्ड

सेमी फिनाले राउण्ड ३ सेप्टेम्बरमा हुनेछ। ‘अन्तिम चरणबाट प्रवेश पाएका १५ जनामध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्,१० जना प्रतियोगीहरूले फिनालेमा प्रवेश पाउनेछन्,’ संयोजक गुरुङले भने।

ग्राण्ड फिनाले राउण्ड १७ सेप्टेम्बर, २०२१ मा ११ बजेदेखि १ बजेसम्म हुने एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले बताए। ‘फिनालेमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना प्रतियोहरु बाहिरिने छन्।

‘ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने छ,’ रेग्मीले भने।

ग्राण्ड फिनाले १७ सेप्टेम्बर, २ बजेदेखि ५ बजेसम्म हुने रेग्मीले बताए। ग्राण्डमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना पहिलो राउण्डबाट बाहिरिने छन्। ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने रेग्मीले बताए।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहेका छन्।

प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन्। उपबिजेताले चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार पचास हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ४५ बजे

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता

काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली – विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क

एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु: प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र