श्रीमती र छोराको हत्या आरोपमा एक युवक पक्राउ « Khabarhub

श्रीमती र छोराको हत्या आरोपमा एक युवक पक्राउ


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-  श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोकबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए ।

उनका श्रीमती ३० वर्षीय मनिषा कार्की घिमिरे र ६ वर्षीय छोरा युवानलाई राति१२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।

उनका अनुसार बिहीबार बेलुका बनेपा नपा–८ करुणामार्गस्थित भित्री गल्ली बाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिँडेको अवस्थामा स्थानीयवासीले सोधखोज गर्दा ‘हिजो हाम्रो झगडा परेको थियो, पसलतिरै होली’ भन्दै भागेकाले प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले खोजतलास गर्ने क्रममा घिमिरेलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मृतकको कोठामा विभिन्न प्रकारको विषादी र औषधि फेला परेको जनाएको छ ।

घिमिरेले आफूले विभिन्न प्रकारका औषधि सेवन गरेको भनेपछि उपचारका लागि उनलाई प्रहरीले आफ्नै नियन्त्रणमा बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गराएको छ ।

घिमिरेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घिमिरेले श्रीमती र छोरालाई विषादी सेवन गराएको र आफूले पनि सिटामोललगायत विभिन्न थरीका सयभन्दा बढी चक्की औषधि सेवन गरेको प्रहरी समक्ष बताएका छन् । दुवैको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ३० बजे

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि

फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव

काठमाडौं – फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका

प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले मतदान गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको