चितवनमा प्रहरीको गाडी दुर्घटना, एसपीसहित ६ जना घाइते « Khabarhub

चितवनमा प्रहरीको गाडी दुर्घटना, एसपीसहित ६ जना घाइते


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा प्रहरीको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपीसहित ६ जना घाइते भएका छन् ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा प्रहरीको जीप दुर्घटना हुँदा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका हुन् ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो ।

प्रहरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । अन्य ५ जना प्रहरीहरुको टाउको र हातमा चोट लागेको छ ।

घाइते सबै प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब