चितवनमा प्रहरीको गाडी दुर्घटना, एसपीसहित ६ जना घाइते « Khabarhub

चितवनमा प्रहरीको गाडी दुर्घटना, एसपीसहित ६ जना घाइते


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा प्रहरीको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपीसहित ६ जना घाइते भएका छन् ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा प्रहरीको जीप दुर्घटना हुँदा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका हुन् ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो ।

प्रहरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । अन्य ५ जना प्रहरीहरुको टाउको र हातमा चोट लागेको छ ।

घाइते सबै प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ५९ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार