रेखा थापाको प्रश्न– कुन चाहिँ राप्रपाले देश हाक्ने हो « Khabarhub

रेखा थापाको प्रश्न– कुन चाहिँ राप्रपाले देश हाक्ने हो


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री रेखा थापाको पहिचान केवल अभिनयमा मात्र छैन । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ पनि हुन् । उनी राजनीतिदेखि सामाजिक विषयमा समय–समयमा फेसबुकमा स्टाटस लेखिरहन्छिन् ।

राप्रपा अघि नेकपामा माओवादीमा रहेकी रेखाले पार्टीको केन्द्रीय विशेष समिति गठनका विषयमा आपत्ति जनाएकी छन् । समितिमा महिलाको उपस्थिति नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहँदा रेखाले पनि पार्टीप्रति आपत्ति र असहमति जनाएकी हुन् ।

उनले फेसबुकमा राप्रपाप्रति प्रश्न गरेकी छन् । ‘कुन चाहिँ राप्रपाले देश हाक्ने हो ? त्यो राप्रपा जसले देशमा को–को मान्छे बस्छन थाहा पाएको हुन्छ । न्यूनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ’, उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘वा त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउछ, बहसमा उत्रिदैन– सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सञ्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ ।’

उनले राप्रपाको वैकल्पिक शक्ति र मौलिक रुपमा सबैको पार्टीका विषयमा पनि प्रश्न सोधेकी छन् । ‘कुन चाहिँ राप्रपा वैकल्पिक शक्ति बन्ने हो ? कुन चाहिँ राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाहिँ राप्रपा उदाउदो राप्रपा हो ? कुन चाहिँ राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाहिँ राप्रपा व्यवहारमा–वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?’, रेखाको प्रश्न छ ।

शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : १५ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू