नेपालमा २ हजार ४०१ कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु « Khabarhub

नेपालमा २ हजार ४०१ कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा शनिबार थप २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । यसैगरी, थप ३ हजार ६६० संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टिजेन परीक्षण गरिएको छ ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ०५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको