भोलिदेखि पठाओ र टुटल सेवा पनि सञ्चालन « Khabarhub

भोलिदेखि पठाओ र टुटल सेवा पनि सञ्चालन


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राइट सेयरिङ सेवा पठाओ र टुटल भोलि (असार ८) गतेबाट सञ्चालन हुने भएको छ । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने भएका हुन् ।

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागू गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेको थियो । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।

पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागू गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइने जानकारी दिइन् । उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन गरिनेबारे छलफल भइरहेको छ ।

टुटल सेवा पनि सञ्चालन गर्ने टुटल कम्पनीले जनाएको छ । सरकारले कोरोना महामारी रोकथाम गर्न निजी सार्वजनिक सवारी साधन वैशाख १६ गतेदेखि सञ्चालनमा छैनन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : २९ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति