१६ डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

१६ डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीको) सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका उमेश रन्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदी सो ठाउँमा ल्याइएको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ। यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए।

बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ।

यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। त्यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा भएको छ।

यस्तो छ सूची

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : २६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै