अमेरिकाको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, १ विद्यार्थीको मृत्यु « Khabarhub

अमेरिकाको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, १ विद्यार्थीको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिकाको कोलोराडो राज्यको डेनभर शहर नजिक रहेको एक विद्यालयमा दुई विद्यार्थीले गोली चलाउँदा सोही विद्यालयमा पढ्ने एक विद्यार्थीको ज्यान गएको छ ।

डेनभर शहरनजिक रहेको हाइल्याण्ड्स रान्च शहरको स्टेम स्कूलमा गोली चलेको हो । घटनामा अरु ७ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार स्थानीय समयअनुसार २ बजे दुई बन्दुकधारीले विद्यालय हाताभित्र प्रवेश गरी जथाभावी गोली चलाउन शुरु गरेका थिए ।

उनीहरुले कसलाई लक्षित गरी गोली चलाएको हुन् भन्ने स्पष्ट नभइसकेको र दुई संदिग्ध बन्दुकधारीलाई गिरफ्तार गरिएको जनाइएको छ । गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा नियमितजसो विद्यालयमा गोली चल्ने गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार वर्ष सन् २०१९ मा विद्यालयमा भएको यो १ सय १५ औं गोलीकाण्ड हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ३६ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण