अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपालले सिधै नपाउने « Khabarhub

अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपालले सिधै नपाउने


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले थप साढे ५ करोड डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार सार्वजनिक गरेको छ ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिने भएको छ । बाँकी २५ प्रतिशत खोप सोझै सम्बन्धित मुलुकलाई दिने तयारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।

नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने तयारी गरेको छ ।

अमेरिकाले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई वितरणको तयारी गरेको हो । अमेरिकाले आफूले प्रयोग नगरेको खोपको केही मात्रा र बाँकी खरिद गरेर विभिन्न मूलुकलाई सहयोग गर्न लागेको हो । खोप धनी मुलुकहरूको मात्रै पहुँचमा पुगेको भन्दै अमेरिका लगायतका कयौँ मुलुकहरूलाई खोपको समान वितरणका लागि चर्को दबाब छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ०१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार