अमेरिकामा मतदानमा सुधार गर्ने विधेयक रिपब्लिकनद्वारा असफल « Khabarhub

अमेरिकामा मतदानमा सुधार गर्ने विधेयक रिपब्लिकनद्वारा असफल


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको चुनावमा सुधार गर्नेसम्बन्धीको विधेयक माथिल्लो सदन सिनेटबाट अस्वीकृत भएको छ ।

राष्ट्रपति जो बाइडनले प्राथमिकासाथ उठाउँदै आएको चुनावमा सुधारको विषय समेटर बनाइएको विधेयकलाई अमेरिकी रिपब्लिकनहरूले विफल बनाइदिएका छन् ।

हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक पक्ष र विपक्षमा समान ५०-५० मत खसेपछि विफल भएको हो ।

मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानूनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ । तर माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०-५० रहँदा सहजै नयाँ बिधेयक पास हुने सम्भावना कम छ।

बाइडनले यसलाई ‘राष्ट्रपतीय कार्यकालको लडाइँ’ भएको बताएका छन् । डेमोक्र्याट्सहरूले बाइडेनलाई पर्याप्त मेहनत नगरिकन हतारमा विधेयक ल्याएको आरोप पनि लगाएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ भनिने अमेरिकी तल्लो सदनमा गएको मार्चमा डेमोक्र्याटहरूले ल्याएको ‘फर द पिपुल एक्ट’ लगभग दलीय आबद्धताका आधारमा सांसदहरू उभिए पनि पारित भएको थियो । त्यसबेला विधेयकको विपक्षमा उभिएका रिपब्लिकनहरूलाई एक जना डेमोक्र्याटले साथ दिएका थिए ।

नयाँ चुनावी विधेयकमा चुनावी अभियानमा दिइएका चन्दासहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्रहरू निर्धारण गर्दा दलीय प्रभाव कम हुने सुनिश्चित गर्न खोजिएको जनाइएको छ ।

यसअतिरिक्त उक्त प्रस्तावित व्यवस्थाले अश्वेत मतदाताहरूको अधिकार पनि सुनिश्चित गर्ने दाबी गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : ३० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले