वालिङ नगरपालिकाको वडा नं. १३ मा विद्यार्थीलाई इन्टरनेट जडान निःशुल्क « Khabarhub

वालिङ नगरपालिकाको वडा नं. १३ मा विद्यार्थीलाई इन्टरनेट जडान निःशुल्क


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १३ का विद्यार्थीका घरमा इन्टरनेट जडान निःशुल्क हुने भएको छ ।

वडाअध्यक्ष आनन्द पाठकका अनुसार वडा कार्यालयको पहलमा इन्टरनेट सेवा प्रदायक कम्पनीले वडाभित्रका निजी तथा सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीका घरमा इन्टरनेट जडान निःशुल्क गर्न लागेको हुन् ।

कोरोना महामारीका कारण विद्यालयमा चाँडै भौतिकरूपमा कक्षा सञ्चालनमा हुने अवस्था नरहेको र इन्टरनेटमा विद्यार्थीको पहुँचमा नहुँदा वैकल्पिक माध्यमबाट पढाइ अघि बढाउन समस्या भएकाले इन्टरनेट जडान गर्ने निर्णय गरिएको पाठकले बताए । उनका अनुसार वडा शिक्षा समितिमा छलफल गरेर उक्त निर्णय गरिएको हो ।

उक्त वडामा पाँच वटा सामुदायिक र दुई वटा संस्थागत गरी सात वटा विद्यालय छन् । पाठकका अनुसार पाँच वटा सामुदायिक विद्यालयमध्ये दुई वटामा प्रारम्भिक बालविकास कक्षादेखि १२ कक्षासम्म पढाइ हुन्छ, तीन वटामा ८ कक्षासम्म हुन्छ ।

संस्थागत विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुन्छ । वडा अध्यक्ष पाठकका अनुसार यी सात वटा विद्यालयमा करिब १५ सय विद्यार्थी छन् ।

इन्टरनेटको मासिक शुल्क अभिभावकहरूले तिर्नेछन् । असार २१ गते पढाइ शुरू हुने गरी जडान र तालिमको काम सकिने पाठकले बताए ।
सबै विद्यार्थीहरूको घरमा इन्टरनेट निःशुल्क जडान गर्न इन्टरनेट सेवा प्रदायक संस्थाले तयार भएपछि वडाले निर्णय गरेको हो । बुधबारदेखि सबै विद्यालयका शिक्षकाहरूलाई जूम र मेसेन्जर चलाउन तालिम दिने तयारी छ ।

वडा अध्यक्ष पाठकका अनुसार इन्टरनेट जोडेपछि छोराछोरीको पढाइ चल्ने भएकोले अभिभावकहरु खुसी भएका छन् । शुल्क तिर्न नसक्ने विपन्न अभिभावकलाई मापदण्डका आधारमा शुल्कमा अनुदान दिने पनि उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ४५ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९