नेप्से ५१ अंकले घटेर २८ सय ६२ मा आइपुग्यो, ८ अर्ब ३६ करोडको कारोबार « Khabarhub

नेप्से ५१ अंकले घटेर २८ सय ६२ मा आइपुग्यो, ८ अर्ब ३६ करोडको कारोबार


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार शेयर बजार परिसूचक नेप्सेमा ५१.६५ अंकको गिरावट आएको छ ।

अघिल्लो हप्ता उच्च अंकले वृद्धि हुँदै कीर्तिमान बनाएको नेप्स पछिल्ला दिन ओरालो लागेको छ । हिजो ७९ अंकले वृद्धि भइ थामिएको नेप्से आज ५१.६५ अंकले घट्दै २८ सय ६२.१८ अंकको विन्दुमा आइपुगेको छ ।

आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर खरिदबिक्रीबाट ८ अर्ब ३६ करोडको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.३७ अंकले घटदै ५२८.९७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसूचकतर्फ १३ वटै समूहगत सुचाङ्क घटेका छन् । जीवन बीमा समूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.४२ अंकले घटेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स २८०.१२ अंकले बढेको छ ।

यसैगरी बैंकिङ समूह २८.५४ अंक, व्यापार समूह ५५.५६, होटल तथा पर्यटन समूहको ६९.७७ अंक, विकास बैंक समूहको १६०.६६ अंक, उत्पादनमुलुक समूहको १२१.१३ अंक, लघुवित्त समूहको १००.३२ अंक, वित्त समूहको ६७.४४ अंक र जलविद्युत समूहको ७१.४९ अंकले बढेको छ ।

राधी जलविद्युत कम्पनीका लगानीकर्ता समूहको सबैभन्दा धेरै ९.७१ प्रतिशतले कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.६ अंकले गुमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै ५४ करोड ३० लाख कारोबार गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ४२ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई