चकलेटसँगै लघु कथा दिने मेसिन « Khabarhub

चकलेटसँगै लघु कथा दिने मेसिन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- आजको आधुनिक समयमा विकसित मुलुकहरुमा मानिसहरु निक्कै व्यस्त रहने गर्छन् । विकासकै कारण विभिन्न सुविधा उपलब्ध हुने त्यस्ता मुलुकमा बजारमा विभिन्न सेवा प्राप्त गर्न सकिन्छ ।

तिव्र विकासकै कारण मानिसहरुको हात हातमा स्मार्टफोन र त्यही स्मार्टफोनमार्फत विभिन्न सेवा प्राप्त गरिरहेका हुन्छन् । तर त्यही स्मार्टफोनका कारण धेरैजसो मानिसहरु फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अव्यस्त हुने गरेका छन् । जसका कारण मानिसहरुमा किताब पढ्ने बानी हराउँदै गएको छ । यसै कुरालाई मध्यनजर गरेर बेलायतको लण्डनमा चकलेट तथा चिसो पेय पदार्थ दिने भेन्डिङ मेसिनले लघु कथा पनि छापेर पढ्नका लागि दिने गरेको छ ।

भेन्डिङ मेसिनले चकलेट तथा चिसो पेय पदार्थ दिने भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । तर, यो मेसिनले चकलेट तथा चिसो पेय पदार्थसँगै दुईदेखि पाँच मिनेटमा पढी सक्ने छोटो कथा (लघु कथा) पनि प्रिन्ट गरेर पढ्नका लागि दिने गरेको छ । भेन्डिङ मेसिनमार्फत लघु कथा पढ्नका लागि उपलब्ध गराउने उपाय फ्रान्सको एक कम्पनी सर्ट एडिसनले गरेको हो ।

लण्डनमा पछिल्लो समय यस किसिमको सेवा उपलब्ध गराएको कम्पनीले फ्रान्सका साथै अमेरिका, हङकङमा पनि यो मेसिन राख्ने योजना बनाइरहेको छ ।

अहिले मानिसहरु धेरैजसो समय मोबाइल फोनमा व्यस्त रहने भएकाले उनीहरुमा किताब पढ्ने बानी हराउँदै गएको कम्पनीको बुझाइ छ । त्यसैले कम्पनीले मानिसहरुमा फेरि किताब पढ्ने बानीको विकास गराउन यस्तो योजना ल्याएको बताएको छ ।

भेन्डिङ मेसिनबाट प्राप्त लघु कथा निःशुल्क प्राप्त हुने बताइएको छ । यसको विशेषता के हो भने जुन कागजमा लघु कथा छापिएर आउँछ, उक्त कागज पर्यावरण अनुकुल रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ११ : ५४ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको