आत्मविश्वासी आयाक्सलाई टोनटह्यामको चुनौती « Khabarhub

आत्मविश्वासी आयाक्सलाई टोनटह्यामको चुनौती


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– च्याम्पियन्स लिगमा डच टोली आयाक्स र इङ्ग्लिस क्लब टोनह्यामबीच प्रतिस्पर्धा हुँदैछ । आयाक्सको घरेलु मैदानमा हुने खेलमा लिगको सेमिफाइनलको दोस्रो लेगमा आज (बुधबार) आयाक्स र टोटनह्याम भिड्दैछन् ।

सेमिफाइनलको पहिलो लेगमा १–० को साघुँरो जित हात पारेको आयाक्स घरेलु मैदानमा हजारौं दर्शकको साथमा पाहुना टोलीलाई निरास बनाउने योजनामा रहेको छ ।

तर, टोटनह्याम भने आफ्नो उत्कृष्ट पुनरागमन गर्दै समग्रमा जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यमा रहेको प्रशिक्षक माउरिसियो पोचेटिन्होले बताएका छन् । पहिलो लेगमा एक गोलले पराजित भएको टोटनह्यामका महत्वपूर्ण २ खेलाडी मैदान बाहिर रहेका थिए । तर, आजको खेलमा फरवार्ड सन ह्युङ मिन टोलीमा फकिसकेका छन् भने अर्का स्टाइकर ह्यारी केनको स्थान लिने विश्लेषण गरिएको छ ।

टोटनह्यामका प्रशिक्षक आफ्नो टोली पहिलो पटक फाइनलमा पुग्नेमा विश्वस्त रहेका छन् । उनले भने,‘पहिलो खेलको नतिजाले केही हदसम्म अफ्ठ्यारो पार्नेछ । तर, सम्भावना अझै कायम छ । हामीलाई थाहा छ । हाम्रा लागि उत्साहित क्षण हो ।’

साविक विजेता टोली रियल मड्रिड र इटालीयन जाइन्ट युभेन्ट्सलाई घरको टिकट कटाएको आयाक्स पहिलो लेगको नतिजासहित केही दबाब मुक्त रहेपनि टोटनह्यामविरुद्ध राम्रो खेल्नु पर्ने प्रशिक्षक टेन हगले आफ्नो टोली रक्षात्मक खेल्ने बताएका छन् ।

उनले भने,‘हामी यो खेल जित्न चाहान्छौं । त्यसैले हाम्रो माइन्ड सेट भएको छ । हामीले हाम्रो बलियो पक्ष प्रयोग गछौं । हामी यो गर्न सक्छौं । यसमा हामी विश्वस्त छौं ।’

टोटनह्याम र आयाक्सबीचको विजेता टोलीले च्याम्पियन्स लिगको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुलसँग खेल्नेछ । लिभरपुलले बार्सिलानाविरुद्ध ४–० को नतिजासहित फाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ५ : २७ बजे

मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

गोरखा– प्रसिद्ध पर्यटकीय क्षेत्र मनासलुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन्

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले