अप्रत्याशित रुपमा मोबाइल सेवा अवरुद्ध भएकोमा टेलिकमले माग्यो माफी | Khabarhub Khabarhub

अप्रत्याशित रुपमा मोबाइल सेवा अवरुद्ध भएकोमा टेलिकमले माग्यो माफी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​काठमाडौँ– नेपाल टेलिकमले आज बिहान जीएसएम मोबाइल सेवामा अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएकोमा त्यसबाट पर्न गएको असुविधाप्रति ग्राहक वर्गमा क्षमा मागेको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्ति निकाल्दै सेवा अवरुद्ध भएको करिब दुई घण्टामै सेवा सुचारु गर्न सफल भएको र त्यस अवधिसम्म ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा मागेका हुन् ।

टेलिकमले मुख्य रूपमा स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

टेलिकमको जीएसएम मोबाइल सेवा आज बिहान ६ देखि ८ : १५ बजेसम्म अवरुद्ध हुँदा प्रयोगकर्ताले समस्या भोगेका थिए ।

​​​सो अवधिमा जिएसएम मोबाइलको टु जी, थ्री जी/फोर जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीई मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना नन् स्मार्ट फोन) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको टेलिकमले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

                                                                              प्रेस विज्ञप्ति

​​​
नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ : १५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको छ । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो ।

सो अवधिमा जिएसएम मोबाइलको 2G, 3G / 4G प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको VoLTE (Voice Over LTE) मा समस्या नआएको र GSM मोबाइलका केही Feature Phone (साना non-smart phone) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्स (Preventive Maintenance)का कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।

राजेश जोशी
प्रवक्ता
नेपाल टेलिकम

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ३४ बजे

शिक्षामन्त्रत्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता

इटहरी– सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट