उल्टो मोटरसाइकल यात्री चित्र श्रीराजको ब्राण्ड एम्बेसडर « Khabarhub

उल्टो मोटरसाइकल यात्री चित्र श्रीराजको ब्राण्ड एम्बेसडर


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीलाई श्रीराज कलेक्सनको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंको नरदेवीस्थित श्रीराज कलेक्सनले बुधबार कार्कीलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

श्रीराज कलेक्सनका सीईओ राज कार्कीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरी विश्व उल्टो मोटरसाईकल यात्री कार्कीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् । खोटाङमा जन्मिएका चित्रले सन् २०११ मा मेची महाकाली उल्टो मोटरसाइकल यात्रा गरेर विश्व रेकर्ड राखेका थिए ।

विगत तीन वर्ष अघिदेखी नरदेविमा सञ्चालनमा आएको श्रीराज कलेक्सनले सर्टिङ सुटिङका क्षेत्रमा स्थापित छ । श्रीराजले बिभिन्न स्कुल, कलेज, कार्यालय, बैंक, बीमा तथा बित्तिय संस्थाहरुका लागि अफिसियल पहिरन सिलाउँदै आएको छ ।

छोटो समयमै धेरैको मन जित्न सफल श्रीराजले लकडाउन खुल्ने बित्तिकै नयाँ ब्राञ्च सञ्चालनमा ल्याउने तयारी गरिरहेको सीईओ राजले बताए । हाल श्रीराजले कालिगढ सहित १५ जनालाई रोजगारी दिलाएको छ ।

उल्टो मोटरसाइकल यात्री चित्रकुमार च्याम्पियन बुक अफ वल्र्ड रेकर्डका नेपाल संयोजक तथा सद्भावना दूत पनि हुन् । उनी विगत १२ वर्षदेखी पत्रकारिता तथा सामाजिक सेवाका काममा पनि सक्रिय छन् । हाल चित्रकुमार गिनिज वल्र्ड रेकर्डस्का लागि कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका छन् । उनी वल्र्ड रेकर्ड फाउन्डेसन र किर्तिमानी युवा संघ नेपालका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : २० बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड