इथियोपियामा सरकारी फौजको हवाई हमलामा ६० सर्वसाधारणको मृत्यु « Khabarhub

इथियोपियामा सरकारी फौजको हवाई हमलामा ६० सर्वसाधारणको मृत्यु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इथियोपियाको उत्तरी क्षेत्रमा पर्ने टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।

दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी मिकाइलीबाट २५ किलोमिटरको दूरीमा रहेको टिग्रोस्थित टोगोगा बजारमा आक्रमण भएको हो । आक्रमणमा ४० भन्दा बढी घाइते भएका छन् ।

तस्वीर : स्काई न्यूज

आक्रमणस्थलमा फसेका मानिसको उद्धारमा समेत सेनाले रोकतोक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाइ ‘आतङ्कवादी’हरूलाई निष्क्रिय पार्न हमला गरेको जनाएको छ ।

तस्वीर : गेट्टी इमेज

संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाको सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेको छ । आठ महिनाअघि द्वन्द्व सुरु भएको इथियोपियामा हजारौँ व्यक्तिले ज्यान गुमाएका तथा लाखौँ विस्थापित भएको बीबीसीले जनाएको छ ।

तस्वीर : एएफपी

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : ३९ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै