शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन ढिलाई नगरौं : ‘प्रचण्ड’ « Khabarhub

शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन ढिलाई नगरौं : ‘प्रचण्ड’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको नयाँ गठन प्रक्रिया शुरु गरिसकेको पनि जानकारी दिए ।

मानव अधिकारवादी नेता पदमरत्न तुलाधरको जिवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंका एक कार्यक्रमका बीच विमोचन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तरगत सेना समायोजन लगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए ।

उनले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्‍याउनु भएको योगदानको स्मरण पनि गरे । अध्यक्ष दाहालले स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ४५ बजे

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क