यसरी बन्छन् नागा साधु « Khabarhub

यसरी बन्छन् नागा साधु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पशुपतिनाथमा महाशिवरात्रीको अवसरमा विभिन्न मुलुकबाट आएका साधु–सन्तमा सबैभन्दा बढि चर्चा हुन्छ, नागा साधुको । नागाबाबा शिवरात्रीमा नेपाल आउने भएपनि अन्य समयमा भारतको कुम्भ मेला र विभिन्न धार्मीक अवसरमा तिर्थस्थलम देखा पर्ने गर्दछन् । तर यिनीहरूको जीवन कस्तो हुन्छ ? कसरी बन्छन् यिनीहरू नागा साधु ?

नागा साधुको सम्बन्ध शैव सम्प्रदायसंग जोडिएको हुन्छ । महाकुम्भको अवसरमा नागा साधु बन्ने प्रक्रिया शुरू हुन्छ । यसकालागि भारतभर १३ अखाडा छन् । जहाँ सन्यासिलाई नागा बनाउने गरिन्छ । तर सबै सन्याशि नागा बन्न सक्दैनन् र सम्भव हुदैँन ।

नागा साधु बन्न दृढ इच्छाशक्ति र सन्यासी जीवन जिउने प्रबल इच्छा हुनु पर्दछ । भारतका १३ अखाडामा केवल शैव अखाडामा मात्र नागा साधु बन्ने दीक्षा दिइन्छ । जसमध्ये जूना अखाडबाट सबैभन्दा बढि सन्याशी नागा साधु बन्ने गरका छन् ।

नागा साधुले सामान्य विश्व र सामान्य जीवनबाट हटेर जीवन जीउनु पर्दछ । तसर्थ जब कुनै व्यक्ति नागा बन्ने भनेर अखाडामा जान्छ, तब उसले त्यहा कैयौं प्रकारको परीक्षाबाट गुज्रिनु पर्दछ ।

नागा बन्ने व्यक्तिको ब्रह्मचर्यको परिक्षण हुन्छ । साथै एक पटक अखाडामा प्रवेश गरेको व्यक्तिले जीवन भर ब्रह्मचर्यको पालन गर्नु पर्दछ । साथै आफ्नो गुरुको सेवा गर्नु पर्दछ । भारतमा लाग्ने महाकुम्भका समयमा नागा साधु बन्ने व्यक्तिले गंगामा १०८ डुबुल्की मार्नु पर्दछ । त्यसपछि तिनकालागि पाँच गुरु निर्धारित गरिन्छ र भस्म र रुद्राक्ष माला धारण गर्नु पर्दछ । अब ति पुरुषहरू महापुरुष बन्दछन् ।

महापुरुष बनेका साधुको जनै संस्कार हुन्छ । संन्यासी जीवन जीउने शपथ दिलाइन्छ । त्यतिमात्र होइन, नागा बन्ने व्यक्तिले स्वयम् आफ्नो र आफ्नो परिवारको पिण्डदान गर्नु पर्दछ । त्यसपछि पुरै रात ॐ नमः शिवायको जप गर्नु पर्दछ ।

यति प्रकृया सकेर महापुरुष बनेका साधुले भोलिपल्ट विजया हवन गर्नु पर्दछ । र फेरि गंगामा १०८ पटक डुबुल्की मारेर अखाडामा ध्वजाको मुनी दण्डी त्याग हुन्छ । यति सम्पन्न भएपछि मात्र कुनै पनि सन्याशि नागा साधु बन्न पुग्दछन् ।

नागा बनेपछि पनि उनीहरूकालागि केही नियमले बाँधेको हुन्छ ।
– नियम अनुसार नागा साधु केवल भुईमा मात्र सुत्नु पर्दछ । खाट वा ओच्छ्यानमा होइन ।
– नागा साधुले दिनमा केवल एक पटक मात्र भोजन गर्नु पर्दछ त्यो पनि भिक्षा मागेर ।
– भिक्षा माग्दा नागा साधु एक दिनमा केवल ७ घरमा मात्र माग्न पाउँछन् ।
– यदि ती ७ घरबाट उनले भिक्षा पाएनन् भने त्यस दिन उनी भोकै बस्नु पर्छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १ : २५ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा