आईजीपीका ब्याची एसएसपी चौधरी भन्छन्– राजनीतिक आरोप लगाएर मेरो बढुवा रोकियो (भिडियोसहित) | Khabarhub Khabarhub

आईजीपीका ब्याची एसएसपी चौधरी भन्छन्– राजनीतिक आरोप लगाएर मेरो बढुवा रोकियो (भिडियोसहित)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ५५ वर्षे उमेरहदका कारण नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप चौधरी आज (असार १०, २०७८)बाट अवकाशमा जाँदैछन् ।

चौधरी प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची चौधरीले प्रहरी महानिरीक्षक (डीआईजी) बन्न कसरत गरेपनि सफल हुन सकेनन् ।

अवकास पाउने अघिल्लो दिन मात्र चौधरीले पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक आरोप लगाएर आफूलाई बढुवामा बञ्चित गरिएको गुनासो गरे ।

चौधरीले पत्रकारहरुसँग भने, ‘मेरो क्षमता र कार्यसम्पादन नजरअन्दाज गर्दै राजनीतिक आरोप लगाएर मलाई बढुवाबाट बञ्चित गराइयो ।’

आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दासमेत भेट नपाएको चौधरीले गुनासो गरे।

यतिमात्र होइन एसएसपी चौधरीले आफ्नै ब्याची संगठन प्रमुख (आईजीपी)ले समेत बढुवाको विषयमा चासो नदिएको बताए।

चौधरीले भने ‘आईजीसापले समेत चासो नदिँदा मलाई दुःख लागेको छ, यसमा म आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु ।’ आईजीपीलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको चौधरीको आरोप छ ।

बढुवा समितिको अध्यक्षलाई भेट्न जाँदासमेत बालुवाटरबाट नाम काटेको हो मैले केही गर्न सक्दिन भनेर आफूलाई पठाएको चौधरीले बताए।

चौधरी कांग्रेस नेता विजयकुमार गच्छदारसँग निकट मानिन्थे । गच्छदारसँगको प्रसंगसमेत उल्लेख गर्दै चौधरीले गुनासो पोखेका छन् ।

के छ भिडियोमा ?

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : ४४ बजे

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य